हङकङमा “डेंगू फीवर” !

हङकङमा ३ दिन यता “डेंगू फीवर” रोग देखा परेको छ। लामखुट्टेको टोकाईबाट लाग्ने यो रोग आज सम्ममा ७ जनामा देखा परेको स्वास्थ सेवा केन्द्रले जनाएको छ । १७ बर्ष देखि ७६ बर्ष सम्मका स्थानिय चिनियाँ लगायत मेनलैन्ड निवासी दुई भिजिटरु संक्रमित छन् । विशेष गरि डेंगू प्रभावित क्षेत्र वाङ ताई सिं स्थित लायन रक पार्क देखिएको छ ।
वाङ ताइ सिं स्थित लायन रक पार्कमा काम गर्ने कामदार, त्यहाँ बि बि क्यु खान गएका तथा घुम्न गएका महिला र पुरुष गरि जम्मा ७ जना मानिसहरुमा डेंगू फीवर देखिएको छ ।
अत्याधिक ज्वरो आउने, टाउको दुख्ने र मांसपेशी दुख्ने जस्ता लक्षणहरु देखा पर्ने यो रोग निकै नै घातक रहेको बताइएको छ ।
डेंगू फीवर फौलिए लगत्तै लायन रक पार्क लगायत हङकङका अन्य लामखुट्टे हुन सक्ने सम्भावित स्थानहरुमा अौषधी छिट्ने काम भएको कीट नियन्त्रक अधिकारी लि मिङ वाईले बताएका छन् ।

चाँडै फैलन सक्ने “डेंगू फीवर” लाई रोक्न तथा लामखुट्टे को टोकाई बाट हुन सक्ने सम्भावित खतरालाई रोक्नको निमित्त फुड एन्ड हाइजिङ डिपार्टमेन्ट, स्वास्थ्य मन्त्रालय लगायतका विभिन्न निकायका प्रतिनिधिहरु आज बैठक बसि आवस्यक उपायहरु अपनाई तत्काल काम गर्ने निर्णय गरेको खाद्य तथा स्वास्थ्य मन्त्री सोफिया चानले बताएकी छन्

– हत्तेरीका प्रिय पाठकहरु ! लामखुट्टेको टोकाई बाट बच्नु होला !

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *