हङकङमा ईन्द्र ब.राईको श्रद्वाञ्जली शोकसभा

फोटो – दिपेन्द्र राईको फे बु बाट

हङकङ, मार्च १३ स्थानीय नेपालीहरुको  राजधानी  भनेर कहलिएका जोर्डन स्थित विश्व नेपाली साहित्य महासङ्घ हङकङ शाखाको आयोजनामा  नेपाली साहित्यका शिखर तारा एवं  आयामेली र लीला लेखनका  अभियन्ता वरिष्ठ श्रष्टा  डा. ईन्द्र वहादुर राईको श्रद्धाञ्जली शोकसभा सम्पन्न भएकोछ ।
विनेसा हङकङका अध्यक्ष  कवि चन्द्र मादेन आन्छनको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली साहित्य परिषद, पत्रकार महासङ्घ  र आदिवासी जनजाति महासङ्घ हङकङका अध्यक्ष  किसन राई हुनुहुन्थ्यो भने विशेष अतिथिहरु नेपालवाट आउनु भएका साहित्यकार श्रष्टा लक्ष्मण सिटौला र हिमालय टोन्सका प्रवन्धक एवं वरिष्ठ संगीतकार दिनेश सुव्वालाई राखिएको थियो ।
हङकङ भएका साहित्यिक संस्थाहरु नेपाली साहित्य प्रतिष्ठान, साझा साहित्य सृङ्खला, आदिवासी जनजाति साहित्य समुह, साव्लावुङ प्रकाशन, समिक्षक समाज र अनेसालाई सह आयोजक वनाई एउटै वेनर राखि सयुक्त साहित्यिक कार्यक्रम गरिएको योनै पहिलो र ऐतिहासिक मानिनेछ । छ मार्चको दिन भारत दार्जिलिङमा आचानक देहवासन हुनु भएका लोकप्रिय साहित्यकार ईद्र वहादुर राईको दिवंगत आत्मा चिर शान्तिको कामना गर्दै उपस्थित सवैले एक मिनेट मौन धारणा गरि राईको तस्विरमा श्रद्धाञ्जली फूलका गुछ्छा र मालाले माल्यार्पण गर्नुभएको थियो ।
सहआयोजक नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष एवं विनेसाका सल्लाहकार रेखाकवि टक सम्वाहाम्फे द्वारा स्वागत मन्तव्य गरिएको कार्यक्रममा चित्रकार  दिपेन्द्र राई, साव्लावुङका सम्पादक राज कुमार राई, समिक्षक समाजका संयोजक हेम कु लावती,  जनजाति साहित्य समुह एवं त्रिकोण अभियन्ता कवि भुपेन्द्र चेम्जोङ, द्वय विशेष अतिथिहरु कवि लक्ष्मण सिटौंला, वरिष्ठ संगीतकार दिनेश सुव्वा र प्रमुख  अतिथि समाजसेवी किसन राई सवैले डा. ईन्द्र बहादुर राईको नेपाली साहित्य प्रति योगदान,निष्ठा र चर्चा परिचर्चा टिप्पणी गर्नुभएकोथियो। उल्लेख्य साहित्यकार कविहरुको उक्त उपस्थित शोक श्रद्धाञ्जली कार्यक्रमको उद्घोषण विनेसा हङकङका सचिव वल्लभ रोकाले गर्नुभएको  थियो भने कार्यक्रमको विसर्जन गर्ने क्रममा अध्यक्ष आन्छनले डा. राईको  निधनले साहित्यमा अतुलनिय क्षति पुगेको र वहांको योगदान साहित्यमा मात्र सिमित नरहेर भारत जस्तो देशमा नेपाली  भाषि हाम्रो पहिचानलाई मान्यता दिनुपर्छ  भन्ने एक जुझारु अभियन्ता पनि हुनुहुन्थ्यो भनेर टिप्पणी गर्नुभएको थियो ।

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *