हङकङको पहिलो हाइ स्पीड रेल आज उदघाटन ….

हङकङको पहिलो हाइ स्पिड रेलको प्रथम यात्रा आज संचालन भयो ।
एम टि आर अधिकारीहरु र करीब ५ सय अतिथिहरुको उपस्थितिमा हङकङकी प्रमुख क्यारी लामले आज मेनल्यान्ड अधिकारीहरको साथमा सहयात्रा गर्दै रेल सेवाको उदघाटन गरेकी हुन् ।
आज बिहान ११:१५ बजे B3 मा रहेको डिपार्चर हलमा रोबोटले क्यारी लामलाई स्वागत गर्‍यो, ११:२६ बजे सबै अतिथिहरुलाई लिएर रेल गुड्यो । ४३ मिनेटमा ग्वाङ्जो पुगेकी क्यारी लाम र अन्य पदाधिकारीहरुलाई त्यहाँका मेयरले स्वागत गरेका थिए, टोली ग्वाङजोबाट फिर्ता आयो ।

अधिकारीहरुका अनुसार भोलि आइतबार ७ बजेदेखि रेलले सार्वजनिक सेवा सुरु गर्नेछ , दिनहुँ २ लाख यात्रीहरुले यात्रा गर्न सक्नेछन् ।
हङकङ र चीनको अध्यागमन यसै स्टेसनमा रहने हुनाले द्रुतरुपमा ३० मिनेटमै अध्यागमन क्लियरेन्स् गर्न सकिने बताइन्छ ।

सन २००० देखि सुरुवात भएको यो योजना पूरा हुन १७ वर्ष लाग्यो यसको लागत ८८.४ बिलियन हङकङ डलर रहेको छ । यो योजना निर्धारित समय भन्दा ३ वर्ष ढिलो र लगभग २२ बिलियन डलर लागत सहित पूरा भएको हो ।
त्यसबाहेक चिनियाँ अध्यागमन अधिकारीहरु हङकङको माटोमा रहेर काम गर्नु हङकङको बेसिक ल को उल्लंघन भएको भन्दै विधान सभामा विवाद चलेको थियो ।
रेल सेवाको विरोधमा विपक्षी दलका नेताहरुले समारोहस्थलमा “विश्वको सबैभन्दा महँगो र बेकार रेल” भन्दै विरोध प्रदर्शन समेत गरे ।
उनीहरुले माओको जनमुक्ति सेनाको युनिफर्म लगाएर विरोध प्रदर्शन गरेका थिए ।

अब चीन जान सजिलो र सुविधाजनक हुनुको साथै यात्रा अवधि निकै छोटिने छ ।यस प्रोजेक्टमा दिलोज्यान काम गर्नुभएका दाजुभाइ दिदी बहिनीहरुलाई हत्तेरीको हार्दिक बधाई छ ! चीन यात्राको साइत नमिलिञ्जेल भिडियो हेरेर आनन्द लिऊँ है !

 

 

 

 

 

This entry was posted in Featured, Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *