हङकङको कलंक

fire fighter

हङकङकी एक ३३ वर्षीया महिला अहिले इन्टरनेटमा सबैको तारो बनेकी छिन् । चेङ थरकी महिला गत आइतबार ताइवानको लोङ दोङ रक क्लाइम्बिङ गर्ने क्रममा टाईफुनका कारण फसेकी थिइन् । एपल् डेलीले जनाए अनुसार आफ्नो ब्वाई फ्रेन्ड , ताइवानी साथी र ५ वर्षे बालक सहित रक क्लाइम्बिङ गएका उनीहरु आँधीमा फसेपछि प्रहरीलाई सूचना दिइयो ।

करीब ४० आगलागी नियन्त्रकको ५ घन्टाको मिहेनतपछि उध्दार गरिएकी चेङले कृतज्ञता जनाउनु त कता हो कता, उध्दारकर्ताहरुमाथि गालि गलौजका भाषा प्रयोग गरिन् ।चेङले प्रहरी र उध्दारकर्ताहरुप्रति पूरै असहयोग गरिन् ।

उनको यस्तो हर्कतबारे उध्दार टोलीका नाइकेले आफ्नो फेसबुकमा कसैको ज्यान बचाउँदा धन्यवाद नपाएको यो पहिलो र आश्चर्यजनक घटना भएको लेखे ।

चेङ प्रति हाल अनलाइनमा मानिसहरु खनिरहेका छन्, उनी हङकङको कलंक हुन् भन्दै हङकङेलीहरुले उध्दारकर्मीहरुसँग क्षमा याचना गरेका छन् ।

 

स्रोत : एपल डेली

This entry was posted in News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *