हङकङकी ख्यातिप्राप्त गायिकाद्वारा आत्महत्या..

आज बिहान ९:५० बजे हेपी भ्यालीको सिङ वु रोडमा रहेको बिल्डिङबाट खसेर हङकङकी ख्यातिप्राप्त गायिका एलेन जोयस लु को मृत्यु भएको छ ।

३२ वर्षकी लु सन् २०१३ सालदेखि मानसिक रोगले पीडित थिइन् । आत्महत्या आशंका गरिएको यस घटनामा उनको मृत्यु घटनास्थलमै भएको थियो ।

१९८६ मा क्यानडामा जन्मेकी लु ४ वर्षको हुँदा हङकङ ल्याइएकी थिइन् । सन २००१ मा मात्र १५ वर्षको हुँदा at17 ब्यान्ड मार्फत क्यान्टोनिज गीतहरु गाई उनले चर्चाको शिखर चुमेकी थिइन् । सन २०१० मा ब्यान्ड विघटन भएपछि उनले म्यान्डरिन भाषामा गीत गाउन थालेकी थिइन् । गत साल २८ औं गोल्डेन मेलोडी अवार्ड लिने क्रममा उनलेआफू समलिंगी भएको सार्वजनिक घोषणा गरेकी थिइन् ।

 

 

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *