हङकङका पूर्व प्रमुख फेरि गए जेल..

आज भएको अदालती कार्यवाहीले हङकङका पूर्व प्रमुख डोनाल्ड चाङलाई जेल चलान गर्ने आदेश दिएको छ ।
७३ वर्षे चाङ सन् २००५ देखि २०१२ सम्म हङकङका चीफ एक्जिक्युटिभ रहेका थिए ।

सन २०१० देखि २०१२ बीचमा उनले रिटायर जीवन बिताउनको लागि चीनमा अति सुविधायुक्त घर भाडामा लिएको बताइन्छ।
उक्त घरको लेनदेनमा उनले आफ्नो पदीय हैसियतको दुरुपयोग गरेर सस्तोमा हात पारेको अभियोग उनीमाथि लगाइएको थियो ।
गत फेब्रुअरीमा पहिलो पटक उनलाई भ्रष्टाचार गरेको ठहर गर्दै २० महिना कैद सजाय सुनाइएको थियो ।
२ महिना जेल बसेपछि पुनरावेदन गरेका उनलाई धरौटीमा बाहिर आएका थिए ।
दोस्रो पटक चलेको मुध्दामा जुरीको मत बाँडिएपछि उनलाई अदालती कानुनी हर्जाना स्वरुप ३० लाख डलर तिर्ने गरी छोडिएको थियो ।

तेस्रो पटक चलेको मुध्दामा उनलाई १२ महिना जेल सजाय र १० लाख डलर तिर्ने गरी फैसला गरिएको छ ।
२ महिना उनले काटिसकेकोले १० महिनाको लागि उनलाई हतकडी लगाई तत्काल जेल तर्फ लगियो । जेल चलान भएको ३ घन्टामै
आफूलाई सास लिन गाह्रो भएको बताएपछि उनलाई क्वीन मेरी अस्पताल भर्ना गरिएको छ ।

चाङकी श्रीमतीले फैसला विरुध्द पुनरावदेन दिने बताएकी छिन् । रिटायर भएर चीनको पेन्टाहाउसमा सुबिस्ताले बसौंला भनेर सोँचेका थिए होलान्, केही गलत निर्णय गर्नाले जेलको बास भयो, आफू ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो, हगि?

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *