सेन्ट्रलबाट दिनदहाडै लुट..१ पक्राउ!

आज बिहान ११:१५ बजे सेन्ट्रलको वेलिङ्टन स्ट्रिटको ग्राउन्ड फ्लोरमा रहेको ट्रेजर ज्वेलरी स्टोरबाट ४० मिलियन डलर बराबरको गरगहना लुटेर भाग्ने समूहको १ जना अभियुक्त पक्राउ परेका छन् भने २ जना फरार रहेको बताइन्छ ।

लगभग १ मिनेट समय भित्र उनीहरुले हेमरले सीसा फुटाएर डिस्प्लेको लागि राखिएको गरगहना सोहोरेर भागेका थिए । लखेट्दै लगेर पुलिसले लगभग ६०० मिटर पर जुबिली स्ट्रिटको क्यामरा पसलभित्र पसेको अवस्थामा पक्राउ गरेको थियो भने २ जना ल्यान क्वाई फोङ तिर भागेको बताइन्छ । पक्राउ परेका अभियुक्त ३९ वर्षे टुरिस्ट भिसामा आएका कोलम्बियन नागरिक रहेको बताइन्छ ।

विगत १ सालमा यस्तै प्रकृतिका ६ वटा लुटका घटनाहरुमा पनि अभियुक्तहरुकै हात भए नभएको पुलिसले छानबिन गरिरहेको बताइन्छ । मार्च ९ तारीख सेङ सुईको गहना पसलबाट १ लाख डलरको , गत महिना युनलोङको घडी दोकानबाट १० लाख डलरको घडी यसरी नै चोरिएको थियो ।

 

फोटो: hkfp

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *