सेक्युरिटी गार्डद्वारा डिउटी मै आत्महत्या..

फोटोः मृतकका श्रीमान, इन्सेटमा मृतकलाई लैजाँदै

गत सोमबार होमान्तिनको आर्गाइल स्ट्रीटमा रहेको आवासिय बिल्डिङ मेन्डेरीन कोर्टमा एक महिला सेक्युरिटी गार्ड मृत फेला परिन् ।

आइतबार बिहान ७ बजे डिउटीमा आएकी ४८ वर्षे महिला गार्ड आफूलाई बिसंचो भएको भन्दै ९ बजे १२ तले बिल्डिङको छततिर गएकी थिइन् ।
निकैबेर हराएपछि उनका सहकर्मीहरुले उनलाई यताउता खोज्ने असफल प्रयास गरे, उनको घरमा फोन गरेर श्रीमानलाई घर आए नआएको सोधेका थिए ।
श्रीमानले नआएको बताएपछि उनीहरुले पुलिसलाई खबर गरे । सिसिटिभी फुटेज हेर्दा उनले बिल्डिङ छोडेर नगएको देखियो, अन्ततः उनको लास सोमबार दिउँसो छतको फ्लस गर्ने पानीट्याङ्कीमा भेटिएको थियो ।

अनुसन्धानको क्रममा २ सुसाइड नोट भेटिएको फेला परेको बताइन्छ, जसमा उनले आफू काम गर्ने बिल्डिङमा बस्ने मान्छेसँग भनाबैरी भएको उल्लेख गरेको पाइएको बताइन्छ ।
उनी विगतमा मानसिक रोगी भएको पनि खुलेको छ ।

 

आत्महत्या कुनै पनि समस्याको समाधान हुँदै होइन !

तपाईंलाई पनि कथं कदाचित आत्महत्याको विचार आए परामर्शको लागि निम्न संस्थाहरुमा संपर्क गर्न सक्नुहुनेछ, उनीहरुले दोभाषेको पनि ब्यवस्था गर्दछन् ;
Samaritan Befrienders’ 24-hour hotline – 2389 2222;
the Suicide Prevention Services on 2382 0000;
the Society for the Promotion of Hospice Care – 2868 1211.

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *