शनिबार राति १० बजे ग्याङ फाइट गर्न उत्रेका दर्जनौं दक्षिण एसियाली मूलका ब्यक्तिहरुलाई पुलिसले खोजी गरिरहेको छ।
प्रत्यक्षदर्शीका अनुसार साम सुई पो को म्यापल स्ट्रिटमा भेला भएका तुलनात्मक रुपमा सानो संख्यामा रहेको समूहलाई बदला लिने अभिप्रायले ४० भन्दा बढी ब्यक्तिहरुले लाठी, छुरा र बोतल सहित आक्रमण गरेका थिए भने उनीहरुले प्रतिरक्षामा ट्रलीहरु हुर्याएका थिए । ६ जना घाइतेँ भएकालाई पुलिसले लाइ चि कोक रोड र चेङ शा वान रोडबाट पक्राउ गरी अस्पताल लग्यो । गत हप्ता पनि उक्त समूहबीच झडप भएको बताइन्छ ।
६ वटा भ्यान र ३ एम्बुलेन्स घटनास्थलमा आइपुग्दा झगडालुहरु तितर-बितर भइसकेका थिए, साम सुई पो पुलिसले अभियुक्तहरुको खोजी गरिरहेको छ ।