साझा श्रृङ्खलाको संयोजकमा डि बि पालुङवा…

db

 

साझा साहित्यिक शृङ्खलाको छैठौ वार्षिक समारोह स्थानिय बगैँचा रेस्टुरेन्टमा भब्य रूपमा सम्पन्न भयो।

कार्यक्रमको शुरूवात शृङ्खलाको सहसंयोजक पूर्णिमा जी शाह को नया कबिता संग्रह “सपनाको क्षितिज”को विभिन्न क्षेत्रका अथितीहरू द्वारा बिमोचन गरेर भएको थियो। कबियत्रीका यस अघि “लम्कन्दैछु युद्दमा” कविता संग्रह प्रकाशित भैसकेको छ।

 

प्राविधिक कारणले अलिक ढिलो शुरु भएको कार्यक्रम बिमोचन पछि कवियत्रीको छोटो मन्तब्यसंगै साझा साहित्य शृङखलाको बार्षिक स्मारिका “शृङ्खला भाग३” को पनि उपस्तिथ वरिष्ठ अतिथिहरूको हातबाट बिमोचन गरियो। यो भन्दा अघि साझा शृन्खलाले शृङ्खला भाग १ र २ को प्रकाशन गरिसकेको छ। विमोचन पश्चात् समालोचक किन्दर राईले बिमोचित पूस्तकहरू माथि छोटो चर्चा गर्नु भयो।

त्यसपछि वरिष्ठ साहित्यकार कमल पौडेल, समिक्षक समाजका संयोजक हेम लावती, नरेश सुनुवार ,भयबादको प्रबर्तक देश सुब्बा,विश्व साब्लालुङको डिबी पालुङ्ग्वा, सम्पादक राजकुमार राई लगायतका वरिष्ठ साहित्यकर्मीहरूले मन्तब्य प्रकट गरेका थिए यसको साथै शृङ्खला३ स्मारिकाका कभर चित्रकार दिपेन्द्र राईले पूस्तकको कभर चित्र माथि छोटो चर्चा गरेका थिए।

pg

त्यस पछि साझा शृन्खलाले यसलाई विभिन्न पक्षबाट सहयोग गर्ने माहनुभाव, संस्थाहरूलाई सम्मान स्वरूप प्रमाण पत्र प्रदान गरिनुका साथै बर्ष भरी हङकङबाट प्रकाशित हुने साहित्यकृतीहरू मध्ये उत्कृष्टलाई पूरस्कृत गर्ने क्रममा यो बर्ष एउटै मात्रै प्रकाशित पूर्णिमा जी साहको कबिता सङग्रह “सपनाको क्षितिज”ले साझा शृङ्खला पुरस्कार जित्न सफल भयो। पूरस्कारको राशी 1100 हङकङ डलर रहेको छ। साथै चित्रकार दिपेन्द्र राईलाई यो बर्षको सर्जक सम्मान प्रदान गरियो। लगत्तै संयोजक लाल बहादुर गुरुङले आफ्नो कार्यकालको अन्तिम तथा साझा श्रृङखलाको ६६ औ सस्करणसम्मका कार्यक्रमहरूलाई सफलताका साथ सम्पन्न गर्न उनलाई होस्टेमा हैसे गर्ने सम्पूर्ण सहयोगी हात प्रती आभार ब्यक्त गरे। अनि आगामी दिनहरूमा पनि सल्लाहकारको हैसियतमा आफ्नो सक्रिय भुमिका रहने प्रतिबद्धता ब्यक्त गर्दै नया कार्यसमिती चयन अनि घोषणाको लागि कार्यक्रम सन्चालकलाई माइक हस्तान्तरण गरे।

 

आफ्नो हातमा माइक आउन साथ सन्चालकले साझा साहित्य शृङ्खलको नया कार्यसमितीको संयोजकमा वरिष्ठ सस्टा डि बि पालुङ्ग्वा, र सह संयोजकमा कबियत्री सुनिता पोखरेल लाई सर्वसम्मतिको साथ चयन गरिएको घोषणा गरे। र अन्तमा नया कार्यसमितिका पदाधिकारीहरूको छोटो मन्तब्य संगै आजको साझा साहित्य्य शृङ्खलाको छैठौ बार्षिक उत्सब सम्पन्न भएको थियो।

This entry was posted in Hong Kong, Literature, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *