हङकङको स्थानीय अनलाइन समाचारले जनाए अनुसार साइकुङमा क्याम्पिङ गएका एक नेपाली युवकको आज डुबेर मृत्यु भएको छ ।
९ जनाको समूहमा गएका युवा युवती हिंजो राति क्याम्पिङ गरेर बसेका थिए ।
ती मध्ये ५ जना आज बिहान साइकुङको क्वाडरुप्लेस पुल्सको नामले डाइभिङ् को लागि चर्चित पोखरीमा पौडी खेलिरहेको अवस्थामा १ जना युवक र १ जना युवती डुब्न पुगे ।
युवतीलाई साथीहरुले उध्दार गर्न सफल भए पनि युवक फेला नपरेपछि ११:४५ बजे उनीहरुले पुलिसलाई रिपोर्ट गरेको बताइन्छ ।
लगभग ३ घन्टा को खोजी पश्चात प्रहरीले युवकलाई अचेत अवस्थामा फेला पारेकोमा उनलाई हेलिकप्टरबाट अस्पताल पुर्याइए पछि उनलाई मृत घोषित गरियो।
विशेष गरेर डाइभिङको लागि युवायुवतीको लागि आकर्षण बनेको सोही स्थानमा १७ वर्षे विद्यार्थीले सन २०११ मा ज्यान गुमाएका थिए । मौसम अनुसार पानीको गहिराई फरक पर्ने हुनाले यस्तो पोखरीमा
डाइभिङ् गर्नु खतरनाक हुने विज्ञहरुको भनाइ रहेको छ । आज बिहानै ८ बजेदेखि १२ बजे सम्म मौसम विभागले थन्डर स्ट्रोम वार्निङ जारी गरेको बताइन्छ ।
दुर्घटनामा ज्यान गुमाएका युवक प्रति श्रध्दाञ्जलीको साथै शोक सन्तप्त परिवारजनप्रति हत्तेरी डट कम हार्दिक समवेदना प्रकट गर्दछ !