शौचालयबाटै लुटिए ८४ वर्षे वृध्द

robber relieves

८४ वर्षे यु थरका वृध्द साम सुइ पो को येन चाउ स्ट्रिट स्थित सार्वजनिक शौचालयमा बुधबार बिहान शौच गरिसकेपछि हात धुँदै थिए , धोइसकेपछि पकेटबाट रुमाल निकाल्ने क्रममा उनको खल्तीबाट ५ सय र १ सय का नोटहरु देखिन पुगे ।
मौका पर्खेर बसेको चोरले उनको खल्तीबाट नोटहरु थुतेर भाग्यो । दक्षिण एसियाली भनिएका चोरलाई लखेट्दा लडेर यु घाइतेँ भए, प्रत्यक्षदर्शीले पुलिसलाई खबर गरेपछि अस्पताल लगिएका उनको अवस्था हाल खतरामुक्त रहेको बताइएको छ । चाइनिज न्यु इयरको खर्च बैंकमा पैसा राख्न जाँदै गरेका युको ८ हजार डलर लिएर चोर बेपत्ता भयो ।

पुलिसले चोरको खोजी गरिरहेको बताइएको छ । चाइनीज न्यु इयर आइपुग्नु पहिल्यै चोर पक्राउ परोस् र  ज्येष्ठ नागरिकको लाइसी बजेट फिर्ता होस्, हत्तेरीको कामना!

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *