वृध्द भत्ता पाउने उमेरको हद ६० बाट ६५ वर्ष ….

हङकङ सरकारले यस सालको फेब्रुअरी देखि वृध्द भत्ता पाउने उमेरको हद ६० बाट ६५ वर्ष बनाउने निर्णय गरेको छ ।

आफू ६१ वर्षकी भएर पनि दैनिक १० घन्टा काममा जोतिने गरेको बताउँदै हङकङकी प्रमुख क्यारी लामले निर्णय अमानवीय नभएको जिकिर गरेकी छिन् ।
यो निर्णय सरकारको पैसा बचाउनको लागि नभई हङकङको आम जनताको औसत आयु बढेको र विश्वभर नै ६५ वर्षलाई रिटायरमेन्ट उमेर मानिएकको आधारमा गरिएको उनले बताएकी छिन् । सरकारी असहाय भत्ता लिनलाई उमेरको बाहेक अरु पनि शीर्षक रहेकोले यस निर्णयले जनतालाई खासै असर नपर्ने उनको दाबी छ।

१ फेब्रुअरी अघि ६० नाघेर वृध्द भत्ताको लागि आवेदन दिनेहरुलाई यस निर्णयले प्रभावित पार्ने छैन , त्यसैले हत्तेरीका साथीहरु हरियो रंगको अक्टोपस कार्ड बोक्न र ३४८५ डलर भत्ता बुझ्न कोही इच्छुक हुनुहुन्छ भने तात्तिहाल्नुस् है, नत्र अर्को ५ साल कुर्नुपर्ने हुन्छ , है त!

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *