लापसाप ढ्वाङ चोरेर एम टिआरै एम टि आर …

बिहिबार हङकङमा एक बृद्ध मानिसले एम टि आर भित्र यात्रुहरुको भीडमा लापसाप ढ्वाँङ लिएर उभ्भिरहेको तस्बिरले यतिबेला अनलाईन मिडियामाहरुमा निक्कै नै हलचल मच्चिएको छ !

एक एम टि आर प्रवक्ताका अनुसार बिहीबार व्हामपोआ बाउंड जाने ट्रेनमा सवार ति मानिस करिब १२:०५ बजे वोंग ताइ सिन स्टेसनबाट चढेका थिए, एम टि आर स्टाफले ,उनलाई काउलुन तोङ स्टेसनमा संपर्क गरि एम टि आरको नियम अनुसार सामान ठुलो भएकोले ट्रेनबाट निस्कन सुझाब दिइएको थियो ।
सुरक्षालाई ध्यानमा राख्न नियमहरु पालना गर्नु पर्ने कुराहरु सम्झाए पछि उनले अर्को स्टेसन शेक किप मेइ बाट ट्रेन छोडेका थिए ,
उनले सो ढ्वाङ लोवर वोङ ताइ सिन बाट चोरी गरेको थाह लागेको छ ।

एम टि आर तथा बसमा यात्रा गर्ने यात्रुहरुले बोकिने कुनै पनि एक सामनको साईज जम्मा (लम्बाई, चौँडाई, उचाई )गरि १७० सेन्टिमिटर भन्दा लामो र कुनै पनि एक साइड १३० सेन्टिमिटर भन्दा बढी र तौल २३ के जी भन्दा बढी हुनु हुँदैन ।
साथै कुनै खेलकुद तथा म्युजिक उपकरणहरु एक बराबर जम्मा २३५ सेन्टिमिटर र कुनै पनि एक साइडको १४५ सेन्टिमिटर भन्दा बढि नहुने पर्ने छ । नियम कायम गरिएको छ ।

हङकङ एम टि आरले तय गरेको सामान नियम तथा ठूला उपकरणहरु प्रतिबन्धको हङकङका शिर्ष आर्केट्राले आलोचना गरेको छ ,
यस घटनाले प्रयोगकर्ताले कसरी स्टेशन टर्नस्टाइल गर्ने प्रश्न गर्दै अनलाईन फोरममा पनि छलफल भइरहेको छ ।

अस्ति बैंक लुटेर एम टि आरै आर , अहिले ढ्वाङ चोरेर एम टि आरै एम टि आर, कतै एउटै ब्यक्ति पो हो कि? हत्तेरीलाई शंका लागेको छ ।

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *