रेल आउँदै गर्दा एक्कासि लिकमा हाम्फालेपछि…

एक २३ वर्षे पाङ थरका युवकले रेलको लिकमा हाम्फालेर आत्महत्या गरेको समाचार छ ।

आज बिहान ८ बजे फ्यान्लिङ स्टेसनको २ नम्बर प्लेटफार्ममा रेल आउँदै गर्दा एक्कासि लिकमा हाम्फालेपछि उनको घटनास्थलमै मृत्यु भएको छ ।
उनको साथबाट सुसाइड नोट केही नभेटिए पनि सिसिटिभी क्यामेरा फुटेजमा उनले आफै हाम्फालेको स्पष्ट देखिएको बताइन्छ ।

उक्त घटनाले गर्दा सेङ सुई देखि ताइ वो चल्ने इस्ट रेल लाइन अवरुध्द भएको थियो , रेल सेवा सवा नौ बजेदेखि सुचारु भयो । दुर्घटना नहोऊन् भनेर एम टि आर का प्रायः प्लेटफार्महरुमा ढोका लगाइएका छन् तर आत्महत्या नै गर्नेलाई त कहाँ छेक्न सकिन्छ र?

मरणशील चोला हो यो मर्नु त छँदैछ ढिलोचाँडो भने हतार किन गर्नु?
संसारमा सिक्नुपर्ने, बुझ्नुपर्ने, भोग्नुपर्ने कुराहरु कति छन्, हगि?

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *