रेलमा झगडा पर्दा औंला चुँडियो..

आज बिहिबार बिहान नौ बजे दुई प्रौढ बीच हात हालाहाल हुँदा एक जनाको औंला चुँडिएको छ ।

साम सुई पो स्टेसनमा तोङ थरका ६४ वर्षे ब्यक्ति एम टि आर चढ्दा ५४ वर्षे यु लाई धक्का दिएको भन्दै बाझाबाझ सुरु भएकोमा
प्रिन्स एडवार्ड स्टेसन पुग्दा हात हालाहालको स्थिति पुगेको थियो ।

तोङले यु लाई मुखमा मुक्का हान्न खोज्दा यु ले बुढी औंला टोकेर फ्याँकिदिएको बताइन्छ । उनीहरुलाई मंकोक स्टेसनमा प्रहरी नियन्त्रणमा लिइएको थियो ।

जोर्डन स्टेसनबाट एम टि आर कर्मचारीले खोज्न थालेकोमा तोङको बुढी औंला १२ मिनेट पछि सेन्ट्रलमा पुगेर फेला पारिएको थियो । चुँडिएको लगभग १ सेन्टिमिटर लामो औंलाको भाग आइसमा राखेर अस्पताल पुर्‍याई शल्यक्रिया जोडिएको बताइन्छ । उनको औंला पहिले जस्तै काम गर्ने वा नगर्ने हो अहिले नै बताउन नसकिने प्रहरी सुत्रले बताएको छ ।

बिहान अफिस टाइमको समय सबैलाई हतार हुन्छ नै। एम टि आर मा धकम् धक्का त भइ नै हाल्छ तर यसरी अनावश्यक झै झगडामा उत्रिहाल्नु त बुध्दिमानी होइन , झन् ५० कटेका पाको उमेरमा त अझै पटक्कै सुहाउने कुरा होइन ।
तर मान्छे जति बुढो भयो उति केटाकेटीपन देखाउँछ पनि भन्छन्, हो कि क्या हो, हगि?

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *