रेडियो नेपालको समय – !

नेपाली गीत संगीतको कुरा गर्दा हामीले सुन्न चाहे जस्तो गीत बनेन, लेखिएन ! स्रष्टाहरुले समाजलाई अझै पनि केही दिनै सकेनन्..! त हामी पनि प्रयास गरि हेरौँ न त …! भन्ने हेतुले रबिन बान्तवा खाहोङ राईले साथीहरुको एक समूह बनाई केही बर्ष पहिले हङकङमा गीत लेखन अभियान सुरु गरे ।

गीत लेखन अभियान सँगै विविध बिषयहरुमा तथा गीत दर्शन लेखेर पहिलो संग्रह “गीत सागर” प्रकाशित गरेका छन् । भने शरद सिंहा र सुमीत विस्वकर्म लगायत थुप्रै गायकहरुसँगको सहकार्यमा “अाखिर के को लागि” ? नामक एल्बम पनि चाँडै नै लोकार्पण हुन गईरहेको छ ।

गम्भीर बिषयलाई सरल शब्दमा प्रस्तुत गर्ने रबिनको गीत विविधता मध्ये एउटा बिल्कुलै नौलो स्वादमा (कन्ट्री संङ) “रेडियो नेपालको समय” भरखरै रिलिज भएको छ ! जसको स्वर र संगीत सिक्किमका संगीतकार एवम गायक पूजन लोहागणको रहेको छ । पूजन र रबिनको “रेडियो नेपालको समय” मात्र नभइ थुप्रै गीतहरुमा सहकार्य छ, जस मध्ये केही रिलिज भएका छन् भने केही बाँकी नै छन् । सिर्जनाहरुको  श्रोता ,पाठकको आ- आफ्नो बुझाई र विश्लेषण हुने गर्दछ ।
“रेडियो नेपालको समय” सुनेर तपाईहरु पनि मज्जा लिन सक्नु हुन्छ, विश्लेषण गर्न सक्नु हुनेछ ।

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *