रिसाहा टुरिस्टलाई ६८ हजार डलर जरीवाना..

L’hotel

मेनल्यान्ड चीनबाट ३ दिने भ्रमणमा हङकङ आएका ३० वर्षे युवक ली ले हिंजो वेस्ट काउलुन मेजिस्ट्रेटमा हिंजो आफ्नो अपराध सकारेका छन् ।
उनले आफू बसेको होटलका कर्मचारीमाथि दुर्ब्यवहार गरेको र होटल र अस्पतालमा मा तोडफोड गरेको अभियोग स्वीकार गरेका हुन् ।
न्यायधीशले उनलाई २ हप्ताको जेलका , १ वर्ष हङकङ आउन नपाउने प्रतिबन्ध र कुल ६८ हजार डलर क्षतिपूर्ति रकम भर्पाई गर्नुपर्ने निर्णय दिएका छन् ।

अभियुक्तले सोमबार राति चुनवान स्थित एल होटल निनामा बिलको विषयमा असन्तुष्टि पोख्दै कर्मचारीमाथि हातपात गरेका थिए, उनले होटलको लबीमा तोडफोड गरेको बताइन्छ ।
त्यसपछि प्रहरी नियन्त्रणमा परेका उनले आफूलाई बिसन्चो भएको भन्दै अस्पताल जाने माग राखेका थिए । यान चाई अस्पतालमा भर्ना गरिएका उनले मंगलबार बिहान बेडमै कटौरामा दिसापिसाब गर्न अस्वीकार गर्दै अस्पतालामा पनि तोडफोड गरेको बताइन्छ । ली का वकिलले ली छारे रोगी र डिप्रेसनको बिरामी बताउँदै हङकङ भ्रमणमा यथेष्ट दबाई नबोकेको निवेदन गरेका थिए ।

बेरोजगार बताइएका युवकले होटललाई ५३ हजार डलर र अस्पताललाई १५ हजार क्षतिपु्र्ति स्वरुप तिर्नुपर्ने बताइन्छ । कुरा के भने उसको होटल बिलमा पक्कै पनि ६८ हजार डलर तलमाथि भएको थिएन होला, कहिलेकाहिँ कुनै कुनै ठाउँमा बेथिति र लापर्वाही देखेर हामीलाई पनि जङ् चल्न सक्छ तर जङ् चलेको बेलामा यो घटना याद गर्नुहोला है !

अभियुक्त दाहिनेमा

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *