युनलोङमा पेट्रोल पम्प लुटियो

caltex_yuen_long

हिंजो बिहान २ बजे क्यासल पिक रोडमा रहेको क्याल्टेक्स पेट्रोल स्टेशनमा गएर दुई अज्ञात ब्यक्तिले क्लर्कलाई चक्कू देखाई कब्जामा लिएर ३ हजार डलर नगद,१२ सय डलर पर्ने कार स्टार्टर र ३ सय डलर पर्ने भ्याकुम क्लिनर लिएर फरार भए । मास्क लगाएर आएका ती ब्यक्तिले क्लर्कको हात पाउ बाँधिदिएका थिए । उनीहरु गइसकेपछि ४६ वर्षे क्लर्कले बन्धन फुकाई पुलिसलाई खबर गरेका थिए ।पुलिसले लुटेराहरुको खोजिगरिरहेको छ ।

२ सय मिटर पर रहेको साइनोपेक पेट्रोलमा गत साल मे महिना मै बिहानै २ बजे २ ब्यक्तिले २२ सय डलर लुटेका थिए, तिनलाई पुलिसले पक्राउ गरेको थियो । जेल मुक्त भएर कतै तिनै दुईले त घटना घटाएनन्? हुन पनि सक्छ है, हङकङमा अदालतले जेल सजायँ अवधि पनि थोरै मात्रै दिएको देखिन्छ, अपराधीहरु के चेत्थे ! हङकङमा चिन्दी चोरहरु बढेको देखिन्छ – होशियार हुनुहोस् है !

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *