मकाउ-जुहाई अब बसमै सररर…।

हिंजो मंगलबार चिनियाँ राष्ट्रपति सि जिन पिङले उदघाटन गरेको हङकङ मकाउ जुहाई समुद्री पुल आज देखि सर्वसाधारणको लागि खुल्ला भएको छ ।
कुल ५५ किलोमिटर लामो यो समुद्री पुल मध्ये विश्वकै ठूलो रहेको बताइन्छ ।

पुल बन्न पहिले मकाउ जान फेरी र हेलिकप्टरमात्रै विकल्प रहेकोमा सडक मार्ग सस्तो विकल्प बन्न पुगेको छ ।
पुलमा चल्ने लाइसेन्स प्राप्त सटल बस हरुले चौबीसै घन्टा सेवा दिने र दिवा सेवामा ६५ डलर र रात्री सेवामा ७० डलर शुल्क लिने बताइन्छ ।

इमिग्रेसन जाँच कटेपछि टिकट काउन्टर वा भेन्डिङ मेसिनबाट टिकट किन्न सकिनेछ । यस बाहेक क्रस बोर्डर कोच सेवा पनि उपलब्ध हुनेछ , वान बस हङकङ मकाउ कम्पनीले १९ वटा बस कुन्तोङदेखि मकाउ चलाउने बताइन्छ । त्यस्तै TIL Chialink ले दैनिक ४ सय ट्रिप यात्रा चलाउने बताइन्छ । कोच सेवाको शु्ल्क १२० देखि २०० सम्म पर्न जाने बताइन्छ ।

भर्खरै हाइ स्पीड रेलले चीन र हङकङलाई जोडिसकेको अवस्थामा चीनका शहरहरु सडक मार्ग बाट जान यस पुलले थप सेवा दिनेछ ।

हाल शहरमा चलिरहेका बस सेवाहरु A11, A21, A22, A29, A31, A33X, A35, A36 र A41 ग्रीन मिनिबस 901 चढेर पुलको अध्यागमन स्थलसम्म पुग्न सकिनेछ ।

हङकङतिर ११ जना र चीन तर्फ ९ जना गरी २० जनाको प्राण आहुति लिएको र ५ सय भन्दा धेरै जनालाई घाइतेँ बनाएको १२० बिलियन डलरको यो पुल कस्तो बनेछ, हेर्न जाने हैन त?
यात्रा गरिसक्नु भएको खण्डमा आफ्नो सजिलो/अप्ठ्यारो लागेका अनुभव हत्तेरीलाई बताउनु होला है!

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *