भोलिदेखि हजारको नयाँ नोट!

हङकङ  मनिटरी अथोरोटीले भोलिदेखि १ हजार डलरको नयाँ नोट प्रकाशनमा ल्याउँदैछ । त्यस्तै ५ सय डलरको नयाँ नोट चाइनिज नयाँ वर्ष लाग्नु अगाडि जनवरी २३ तारीख देखि वितरण गरिने बताएको छ । १ सय, ५० र २० को नयाँ नोटहरु पनि २०१९ सालको मध्यदेखि २०२० सालको सुरुवात सम्म चलनमा ल्याउने बताइन्छ ।

अहिले प्रचलनमा रहेका २०१० सालमा छापिएका नोटहरु ३ सालसम्ममा बजारबाट विस्थापन गर्ने लक्ष्य रहेको बताइन्छ ।

१ हजार डलरको नोटमा आइ एफ सी, ५ सयको नोटमा जियो पार्क, १ सयको नोटमा क्यान्टोनिज ओपेरा, ५० को नोटमा पुतली र २० को नोटमा यम छा को फोटो रहेको डिजाइन गत जुलाईमा प्रदर्शन गरिएको थियो ।नयाँ नोटहरु एच एस बि सी, बैंक अफ चाइना र स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट साट्न सकिने बताएको छ । यी बैंकहरुले छाप्ने नोटहरुमा थोरै भिन्नता रहने छ । नयाँ प्रचलनमा ल्याइएका नोटहरुको आयु ३ देखि ५ वर्ष रहेको बताइएको छ, थप १ देखि २ वर्षसम्म तिनलाई चलाउन सकिने बताइन्छ ।

भोलि १ हजारको नोट पाउनु भयो भने नझुक्किनु होला तर सतर्क भई राम्ररी जाँचेर लिनुहोला, नटवरलालहरुले मौकाको फाइदा पनि लुट्न सक्छन् ।

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *