भुताहा घरमा सेक्युरिटी गार्ड मृत…

साइ यिङ पुन कम्युनिटी कम्प्लेक्स मा रहेको १२७ वर्षे बिल्डिङमा आज बिहान साढे नौ बजे ५६ वर्षे सेक्युरिटी गार्ड मृत अवस्थामा फेला परे ।
उक्त कम्प्लेक्समा नाइट डिउटी गर्ने उनी हराएको रिपोर्ट उनको परिवारले गरेपछि २ घन्टा पश्चात भेटिएका थिए ।

१८९२ मा निर्मित उक्त कम्प्लेक्स भुताहा घरको रुपमा विख्यात मानिन्छ , सुरुमा नर्सहरुको क्वार्टरको लागि बनाइएको उक्त बिल्डिङमा
दोस्रो विश्वयुध्दताका जापानी सैनिकहरुले ओगटेका थिए । दोस्रो विश्वयुध्दपछि १९७० सम्म मानसिक अस्पताल बनाइएको थियो ।
२००१ मा यसलाई सामुदायिक भवनको रुपमा निर्माण गरिएको थियो ।

डाक्टरले कालगतिले नै मृत्यु भएको बताए पनि कतै भुतप्रेतको खेल त होइन भन्ने अड्कलबाजी सामाजिक संजालमा चलिरहेको छ ।
हुन पनि भुताहा घरमा एकाबिहानै एक ब्यक्ति मृत फेला पर्नु स्याल कराउनु र कुखुरा हराउनु जस्तै भो , हगि?
तर मृतक ५६ वर्षे मुटुरोगी थिए रे , त्यसैले तपाईं चैं ढुक्कले डिउटी बजाउनुस् के , भुतप्रेत र भगवान विश्वास गर्नेका लागि हुन्छ, नगर्नेका लागि हुँदैनन् के ! होइन र?

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *