भुतले शरिर वशमा लिएर दुर्घटना?

taxi_run

गत शुक्रबार ताई हाङ रोडमा दिउँसो करीब ४ बजे एक ली थर भएका ३९ वर्षे ब्यक्ति कुदेर ट्याक्सीको अगाडिको सिसामा टाउको जोताउन आइपुगे ।
यो घटनाको भिडियो इन्टरनेटमा फैलिएपछि धेरैले क्षतिपूर्तिको दाबी गरेर पैसा धुत्न उनले त्यसो गरेको प्रतिक्रिया दिए । तर उनले आफूले त्यसो गर्दा आफ्नो शरिरै आफ्नो वशमा नभएको उनले बताए, कुनै भुतले वशमा गरेको जस्तो अनुभव भएको उनलेओरियन्टल डेलीलाई बताए । आफूले पैसाको लागि उक्त कार्य नगरेको बताउँदै आफैले उक्त दुर्घटना गराएको हुनाले आफूले पैसा पाउने कुनै लालसाले नगरेको बताए । क्लिनरको नोकरी गर्ने लीले १० वर्ष ‍अगाडि कारले ठक्कर दिँदा आर्थिक हर्जाना पाएको पनि बताए । आफूलाई कुनै मानसिक रोग भएको हुनसक्ने उनको आशंका थियो । ट्याक्सीको अगाडिको सीसा फुटे पनि लीलाई गंभीर चोट नलागेकोले शनिबार अस्पतालबाट डिस्चार्ज गरिएको समाचार छ ।

Watch Video

一段今早收到的影片。。。

Posted by STINGER HK on Friday, 4 March 2016

 

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *