बेडबाट खसेर नाबालिकाको मृत्यु…

तुन मुनको ल्योङ किङ स्टेटमा रहेको फ्ल्याटमाओछ्यानबाट खसेर हिंजो बुधबार राति नौ महिने बालिकाको मृत्यु भएको खबर छ ।

३१ वर्षे पिताका अनुसार राति ९:२० बजे सुतिरहको बच्चा अचानक खाटबाट खसेर दुर्घटना भएको थियो ।
घटनाको बेला बच्चाको बाबु , बाजेको साथै घरेलु कामदार पनि घरमै रहेको बताइन्छ ।

प्रहरीका अनुसार बच्चा खाटबाट उँधो मुन्टो म्याट्रेस् मा खसेको र पल्टिनु नसकेकोले निस्सासिएर मृत्यु भएको अनुमान गरिएको छ । बच्चालाई तुन मुन अस्पतालमा मृत घोषित गरियो ।घटना शंकास्पद नदेखिए पनि बच्चाको पोस्ट मोर्टम गरिने बताइन्छ ।

कुनै पनि अवस्थामा बच्चालाई निगरानी बिना राख्नु भनेको दुर्घटना निम्त्याउनु भएको हङकङको स्वास्थ्य विभागले जनाएको छ ।
अझै यो वर्ल्ड कप को बेला छ, वर्ल्ड कप त फेरि फेरि पनि आउँछ , जीवन त एकचोटि बितेपछि बितिगो नि, हगि?

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *