बस नरोकेको भन्दै यात्रुद्वारा उभेर धर्ना ….

हिंजो शनिबार बिहान ८ः२५ बजे आफ्नो लागि बस नरोकेको भन्दै एक यात्रुले सिटीबस अगाडि उभेर धर्ना दिए ।

धर्नाकारी लाउ का अनुसार उनी च वान शानको बस स्टपमा E23 रुटको बस पर्खिहेका थिए तर अगाडि २ बसले स्टप ओगटेको कारण E23 रुटको पहिलो बस उक्त स्टपमा नरोकी गयो ।
६० वर्षे ड्राइभर चुङले चलाएको दोस्रो बस उक्त स्टपमा रोकिएर लाउ चढ्न मात्रै लागेका थिए, ड्राइभरले ढोका बन्द गरिदिए ।आक्रोशमा आएर लाउले छाताले बसको झ्यालमा ठोक्दै बसको अगाडि उभेर विरोध जनाएको बताइन्छ ।

सिटी बसले भने लाउको भनाईमा शंका ब्यक्त गरेको छ, बसको ड्यास क्यामेराले बस चालकहरुले नियम सम्मत ढंगले गाडी चलाएको कम्पनीको भनाई छ । ड्राइभरले पुलिसलाई खबर गरेपछि सामान्य असमझदारीको घटना भन्दै घटनालाई साम्य पारिएको बताइन्छ ।

चाइनिज न्यु इयरले गर्दा यो समय जताततै भीड ब्याप्त रहेको छ , कतै जानु हुँदैछ भने यो कुरालाई ख्याल गर्नुहोला है!

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *