बसमै हत्या…

murder in bus

 

हिंजो दिउँसो ४ बजे चाइवान रुटमा चल्ने सिटीबसको ११८ नम्बरको डबल डेकर गाडीमा एक जोडीबीच झगडा हुँदा एक २३ वर्षे पुरुषले २० वर्षे युवतीलाई पटक पटक छूरा प्रहार गरी हत्या गरेका छन् । छुरा प्रहार पछि इमर्जेन्सी हेमरले बसको काँच तोडी उनले सडकमा हाम्फालेका बताइन्छ । बस चाइवानको फु सिङ कोर्टमा पुग्दा उक्त घटना घटेको बताइन्छ । दुवैलाई नजिकैको पामेला अस्पताल लगे पनि महिलाको ज्यान बाँच्न सकेन । युवक वु थरका र युवती ली थरकी रहेको बताइन्छ ,प्रेमी जोडी बताइएका उनीहरु बीच के विषयमा झगडा भएको भन्ने नखुलेको बताइन्छ । उपचाररत युवकलाई हत्याको अभियोगमा कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।

प्रेम यस्तो हुन्छ भने घृणा कस्तो हुन्छ होला, हगि?

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *