बसमै बिताइन्….

defacate in bus

गत आइतबार चाइवान बाट वानचाई जाने न्य वर्ल्ड फर्स्ट बसमा यात्रा गरिरहेकी एक अधबैंसे चिनियाँ महिलाले आफूलाई टट्टी लागेको भन्दै ड्राइभरलाई गाडी रोकिदिन अनुरोध गरिन् । तर ड्राइभरले गाडी रोक्न नमिल्ने बताएपछि उनले ड्राइभरको छेवैमा बसेर विसर्जन गरिन् । उनले दिसा गरेर पुछेर साउ कि वान मा ओर्लिन् ।

बस कम्पनीले घटनाको पुष्टि गर्दै नियमको उल्लंघन गर्ने महिला विरुध्द कानुनी कार्यवाही गरिने कुरामा गंभीर रहेको बताएको छ । सुरक्षाको दृष्टिले जहाँ पायो त्यहाँ गाडी रोक्नु सकिँदैन भन्नु नियमको हिसाबले ठिकै होला तर पेट दुखेपछि कतिबेर रोक्नु सकिन्छ भन्ने प्रकृतिको नियम पनि यहाँ विचारणीय छ , हगि?

भिडियो पनि हेर्ने र?

 

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *