बलिउड गायक लभ जञ्जुवा मृत अवस्थामा

b g बलिउड गायक लभ जञ्जुवा मुम्बई स्थित आफ्नै अपार्टमेन्टमा मृत भेटिएका छन्। कङ्गना रनावतको हिट फिल्म ‘क्विन’को चर्चित गीत “लन्डन ठुमक्दा” गीतका गायक बिहीबार गुरगाउँ स्थित अपार्टमेन्टको सुत्ने कोठामा उनको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ। प्रहरीले मृत्युको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ । उनलाई आफ्नै घरको काम गर्नेले मृत देखेपछि प्रहरीलाई खबर गरिएको थियो। पञ्जाबी गायकले सिंह इज ब्लिङ्, देव डी, बैन्ड बाजा बारातु, डान्सपे चान्स, रब ने बना दी जोडी, गरम मसाला पार्टनर लगायत बलिउडका थुप्रै फिल्ममा हिट गीत गाएका छन्। पञ्जाबी भाङ्ग्रा शैलीलाई उनले फ्युजन गरी बलिउडमा लोकप्रिय बनाएका थिए ।

 

 

This entry was posted in News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *