बँदेलको आक्रमणले २ घाइते !

आज बुधबार बिहान हङकङमा एक महिला र एक पुरुष गरि दुई मानिस जंगली सँगुर ( बँदेल) को आक्रमणले  घाईते भएको समाचार छ ।
डाइमन हिल स्थित फु सान स्ट्रिटमा सेक्युरिटी गार्डमा कार्यरत ६५ बर्षिय महिला बिहान ६:५२ बजे फुङ सिङ स्ट्रिटमा रहेको पब्लिक ट्वाईलेट गइरहेको बेला बँदेल    कुदेर आइ आक्रमण गरि भुईमा लडाएर घाईते बनाएको छ । बदेलको आक्रमणले उनको देब्रे कुहीना र दाहिने खुट्टामा चोट लागेको छ, भने त्याहँबाट करिब १०० मिटर टाढा कुदेर गई बास्केटबल कोर्ट नजिकै एक्सर्साइज गरिरहेको एक ७५ बर्षिय पुरुषलाई आक्रमण  गरि घाईते बनाएको छ !
घटनाको  प्रत्यक्षदर्शीहरुले प्रहरी तथा एम्बुलेन्स बोलाई घाईते पुरुषलाई लागि क्रिस्चियन हस्पिटल कुन तोङमा र सेक्युरिटी महिलालाई क्विन एलिजाबेथ हस्पिटल याउ मा तेइ मा उपाचारको लगिएको समाचार छ । उक्त आक्रमणकारी    बँदेल निक्कै ठूलो भएको साथै प्रहरी अफिसरहरु द्वारा खोजि गरे पनि नभेटिएको जनाएको छ ।

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *