फेसबुकले खोजिदियो हराएको बाइक!

facebook helps

फेसबुकले केही हप्ता पहिले कुकुरमारा ड्राइभर पत्तो लगाएर उसलाई दबाब दिएर आफ्नो गल्ती सार्वजनिक रुपमा स्वीकार्दै कानुनी कार्यवाहीमा जान बाध्य गराएको समाचार आएको थियो ।

अहिले भने एक इन्स्योरेन्स कम्पनीमा काम गर्ने टेरी वोङ नामको ब्यक्तिको हराएको बाइक फेला पारिदिएको छ । टेरीले केहि दिन अगाडि एडमरल्टीमा आफ्नो Yamaha T-Max बाइक पार्क गर्ने क्रममा चाबी निकाल्न बिर्से । उनी बाइक लिन फर्किँदा बाइक गायब थियो ।

२ साल अघि १ लाख डलरमा किनेको बाइक त्यसरी हराएपछि उनले फेसबुकका थुप्रै ग्रुपहरुमा सहयोगको अपील गर्दै बाइकको फोटो राखे । भाग्यवश एक फेसबुक प्रयोगकर्ताले उनको बाइक काउलन बे को फुटब्रिज मुनि बुधबार ८ बजे देखे र उनलाई खबर गरिदिए ।

आफ्नो बाइक यसरी फेला पारेपछि अत्यन्तै हर्षित भएका टेरीले फेसबुक र उनलाई सहयोग गर्ने फेसबुक प्रयोगकर्ताहरुप्रति कृतज्ञता ब्यक्त गरेका छन् ।

अब कुनै समस्याको लागि पुलिसकोमा जानू भन्दा त फेसबुकमा जानू पो सहज र प्रभावकारी होला जस्तो छ है!

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *