प्रोफेसरले गरे पत्नीको हत्या…

आफ्नै श्रीमतीलाई मारेको अभियोगमा हङकङ युनिभर्सिटीका मेकानिकल विभागका प्रोफेसर चेङलाई आज पक्राउ गरिएको छ ।

प्रोफेसरकी ५२ वर्षे पत्नीको लास प्रोफेसरको अफिसमा सुटकेसभित्र फेला पारिएको थियो । उनलाई तारले घाँटीमा बेरी हत्या गरिएको
पाइएको छ । प्रोफसेर चेङले २० अगस्टमा आफ्नी पत्नी हराएको भनी पुलिस रिपोर्ट गरेका थिए । तर प्रहरीले सिसिटिभी जाँच गर्दा श्रीमती चेङ
घर बाहिर गएको देखिएन बरु प्रोफेसरले काठको बाकस घरबाट सार्दै गरेको देखे । केही दिनको अनुसन्धानपछि त्यो बाकस प्रहरीले नजिकै रहेको
चेङको अफिसमा भेटे, त्यो बाकसभित्र सुटकेसमा मृतकको लास पाइयो ।

२ छोराछोरीको साथ युनिभर्सिटीकै आवासमा चेङको परिवार बसोबास गरिरहेको थियो ।
घटना अगाडि १६ तारीख ट्वाइलेट सफा नराखेको भन्दै आमाले छोरीलाई कराएपछि छोरी घर छोडेर हिंडेको बताइन्छ ।
त्यसै विषयलाई लिएर चेङ र उनकी पत्नीबीच अगस्ट १७ तारीख झगडा भएको बताइन्छ । त्यसै झगडाको क्रममा चेङले श्रीमतीको हत्या गरेको अनुमान गरिएको छ ।


कर्मचारी संगठनका उपाध्यक्ष समेत रहेका चेङ शान्त स्वभावका भलादमी रहेको उनका सहकर्मीहरु बताउँछन् ।
अचानक आमा गायब भएपछि प्रोफेसरकी छोरी भने आमालाई खोज्न पम्प्लेटिङ गरिहिँडेकी थिइन् ।
क्षणिक रीसको आवेगमा प्रोफेसरको ज्ञानले पनि उनलाई सम्हाल्न सकेनछ, र आफैं बोक्सी आफैं धामी बनिहिंड्नुपरेछ, हगि?

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *