पुलिसको पेस्तोल खोसेर पुलिसलाई नै..

शातिनको माओ लिन कोर्ट मा रहेको एक बिल्डिङमा आज बिहानै घरेलुु हिंसाको रिपोर्ट पाएर घटनास्थलमा पुगेका प्रहरी माथि गोली प्रहार भएको छ।

मातेर आमासँग झगडा गरिरहेका अभियुक्तले अचानक पुलिसको पेस्तोल खोसेर ३ फायरिङ गरेपछि एक प्रहरी जवानको खुट्टामा लागेको बताइन्छ भने अर्को जवानलाई सामान्य चोट लागेको बताइन्छ ।

अन्ततः अभियुक्तलाई नियन्त्रणमा लिइएको बताइन्छ भने घाइतेँ प्रहरीलाई अस्पताल लगिएको थियो ।

अभियुक्तले प्रहरीको पेस्तोल कसरी त्यसरी सजिलैसँग खोस्नु सके भन्नेबारे सर्वत्र प्रश्न उठिरहेकोमा पुलिस अधिकारीले त्यसबारे अनुसन्धान गरिने बताएको छ ।

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *