पार्सलवाला ड्रग्स कारोबारी पक्राउ !

क्यानडाबाट गत सोमबार कार्गो गरि हङकङ आएको दुइ पार्सल एक्सरे जाँचको क्रममा २.१ किलो चरेस भित्र लुकाएर प्याक गरी अन्य २ किलो (खतरनाक मानिने ) लागू अौषध फेला परेको छ ।
हङकङमा खतरनाक लागू अौषधको बढ्दो कारबारलाई ध्यानमा राखि विमानस्थल अनुसन्धान ब्युरोले गत जनवरी ९ बाट गहन अनुसन्धान सुरु गरेको छ । हङकङ डलर ७ लाख ३० हजार मूल्य बाराबरको पार्सल १० तारिख बुधबार रिसिभ गर्ने क्रमा चुनवान र चुन मुन निवासी ४७ र ३४ बर्षीय दुई मानिस पक्राउ परेका छन् । पक्राउ पर्ने मध्येका ३४ बर्षिय युवा अोसार- पसारका प्रबन्धक रहेको बताइएको छ भने लागू अौषध कारोबारमा संलग्न ब्यक्तिलाई हङकङ डलर ५ मिलियन जरिवाना सहित जन्मकैदको सजाय हुनेछ । साथै सामन बुझिलिने अन्य शंकास्पद दुईजनालाई अनुसन्धानमा लिइरहेको बताइएको छ। उक्त पार्सल बुझिलिने ब्यक्तिले हङकङ डलर ५०० पाउने गरेको पनि गम्भीर प्रहरी अनुसन्धानमा खुल्न आएको समाचार छ ।

 

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *