पापिनी आमालाई १५ वर्ष जेल..

ममताको अर्को नाम आमा हो भन्ने धेरैलाई लाग्छ तर सबै आमा ममतामयी नहुँदा रहेछन् । ४२ वर्षकी म्यान्डी वोङ् त्यस्तै विकल्पमा परिन् । उनलाई आफ्नी ७ वर्षे छोरीलाई निर्जीवतुल्य अवस्थामा पुर्‍याएकोमा अदालतले आज फैसला गर्दै १५ वर्षको कैद सजाय दिएको छ । उनका ५२ वर्षे भूतपूर्व पति रकी लिङ लाई झूटो बयानमा दिएको भन्दै साढे ४ सालको सजाय दिएको छ ।

सन्तानकी आमा म्यान्डीले सबैभन्दा कान्छी छोरी युन लामलाई खान नदिई, घरमा कैद राखी ,कुटपिट गरिरहेकोमा सन २०१५ को जुलाई १८ मा उनको हृदयाघात भई अस्पताल लैजानु परेको थियो । चोटग्रस्त जम्मा १५ किलोकी कुपोषित बालिकालाई देखेर अस्पताल प्रशासनले पुलिसलाई रिपोर्ट गरेपछि आमा बाबुलाई पक्राउ गरिएको थियो । म्यान्डी र उनका पतिले बालिका रोगी भएको झुटो बयान दिएकोमा पुलिस अनुसन्धानमा बालिका घरेलु हिंसाको शिकारको पुष्टि भएको पाइएको थियो ।

हाल ब्रेन डेमेज भएर हल न चल भएकी बालिकाको भविष्य पूर्ण अन्धकार बनाएको भन्दै अदालतले अभियुक्तहरूलाई कडा सजाय दिएको हो ।

कस्ती अभागी बालिका परिछन् , कठै! सायद सबै आमा हाम्रो जस्तो नहुँदा रहेछन् त्यसैले गौरी मल्लले यो कविता लेखेकी:

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *