पानी तताएर बिर्सिँदा आगलागी…

yattung

तुङ चुङको यात तुङ स्टेटमा रहेको कुइ यात हाउसमा रहेको २५ औं तलामा एक ६९ वर्षे वृध्दाले कित्लीमा पानी तताएर बिर्सिँदा पानी सुकिसकेपछि कित्ली डढेर आगलागी भएको छ ।
उनको फ्ल्याटमा आगलागी हुँदा आगलागीको कारण उनको हातमा र अनुहारमा सामान्य चोट लागेको बताइन्छ । हिंजो बिहान साढे नौ बजे भएको उक्त घटनामा बिल्डिङमा बस्ने १ सय जनालाई
सुरक्षित स्थानमा सारिएको थियो भने आगो नियन्त्रणमा ल्याउन ९ दमकललाई आधा घन्टा लागेको थियो ।

भिडियो हेर्नुस् त, कति भयानक छ!

आजकालको दुनियाँमा हाम्रो ध्यान मोड्ने धेरै कुराहरु छन्, जस्तै फेसबुक, भाइबर, व्हाट्स् एप, युट्युब, हत्तेरी डट कम 😉 केही रोचक देखेपछि हामी गरिरहेका काम भुल्न सक्छौं , जसले गर्दा यसखाले दुर्घटना हुन सक्छ ।
त्यसैले हामी सजग त हुनैपर्छ ।

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *