पक्राउ पर्‍यो सुइरे अपराधी!

KMB बसमा सुइरो राखेको अभियोगमा ३० वर्षे चिना लाई चिङ यी को चेङ फात स्टेट स्थित उनकै निवासबाट हिंजो राति ११ बजे पक्राउ गरिएको छ ।

उक्त बेरोजगार युवकले आफूले चढ्ने बेलामा सधैं  KMB बसले बस स्टपमा नरोकिदिएको रिस फेर्न त्यस्तो अपराध गरेको बताएका छन् ।

हालसम्म ९ वटा घटनामा ३ जना घाइतेँ भएकोमा सुरुका ३ वटा घटनामा अभियुक्तको संग्लनता रहेको साबित भएको बताइन्छ , घटनामा प्रयोग भएका सुइरो जस्तै ७ वटा सियोहरु पुलिसले उनको घरबाट बरामद गरेको छ ।

३ वटा घटनामा त उनको संग्लनता पुष्टि भएको छ, बाँकी ६ वटा घटनामा उनको संग्लनता रहे/नरहेको बारे अनुसन्धान भइरहेको छ ।  ढिलो चाँडो पुलिसले यथार्थ पत्तो लगाउने भएकोले  यसखाले अपराधको सिको नगर्न प्रहरीले चेतावनी दिएको छ । KMB को प्राय: जसो दुईतले बसमा तल र माथि गरेर ९ वटा क्यामेरा राखिए पनि यात्रुहरुको संपूर्ण गतिविधि निगरानी गर्न असक्षम रहेकोले अनुसन्धानमा कठिनाई भएको बताइन्छ ।

बस रोक्दा नरोकिएको झोँकमा यसरी बसको सीटमा सियो राख्दै हिंड्नु कहाँसम्मको बुध्दिमानी होला,साइलो, हरे!

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *