नेपाली सहित ३२ जना पक्राउ !

हङकङमा भइरहेको विभिन्न अपराध तथा गैरकानुनी कामको नियन्त्रण गर्ने उदेश्यले “वेष्ट काउलुन रिजनल ट्याक्टिकल र इमिग्रेसन डिपार्टमेन्टको सयुक्त टोली हिजोबाट संचालनमा आएको छ ।
हिजो जनवरी ९ को पहिलो अप्रेसन टोलीले
शंकास्पद स्थानहरु – चिम शा चुई , मंकक, शाम शेइ पो , काउलुन सिटी तथा केही रेष्टुरेन्टहरुबाट २४ देखि ७५ बर्ष उमेरका २३ पुरुष र ९ महिला गरि  केही मात्रा “आइस र हिरोईन” नामक लागू अौषध सहित ३२ जनालााई  पक्राउ गरि आवश्यक कार्वाही सुरु गरिएको समाचार छ ।
पक्राउ पर्नेहरुमा , लागू अौषध, चोरी, अवैध कामदार , अोभर स्टे लगायत तथा अवैध कामदारहरुलाई रोजगारी दिने दाताहरु रहेका छन् ।
अपराधमा संलग्न विभिन्न देशहरु मध्ये पाकिस्तान, इन्डिया, इन्डोनेसिया , नेपाल , बंगलादेश, भियतनाम लगायत गैरकानुनी रुपमा रोजगार दिँदै आइरहेको स्थानिय रहेको जाानकारी छ । साथै गैरकानुनी रुपमा कामदार संलग्न नगराउन प्रहरीले बारम्बार चेतावनी पनि  दिदै आईरहेको बताइएको छ ।

 

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *