नेपाली सहितका २५ जना अवैध कामदार पक्राउ

ii

हङकङको अध्यागमन विभागले विभिन्न स्थानमा छापा मारी २५ जना अवैध कामदारहरुलाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरु शरणार्थीको हैसियतमा रहेका र अवैध बसोबास गरिरहेका २४ देखि ६६ वर्ष बीचका १८ जना पुरुष र ७ महिला परेका छन् ।
४० वटा रेस्टुरेन्ट र फ्याक्टरीहरुमा छापा मारी समातिएका केही सँग फर्जी आइ डी पनि बरामद गरिएको पुलिसले जनाएको छ । यस काममा गिरोहको संग्लग्नताबारे पुलिसले अनुसन्धान गरिरहेको बताइन्छ ।

पक्राउ खानेहरुमा नेपाली सहित चीन, पाकिस्तान, बंगलादेश, भारत, इन्डोनेसिया र भियतनामका नागरिक रहेको बताइएको छ ।

 

यस कार्यवाहीमा अवैध कामदारहरुलाई काममा राखेको आशंकामा ७ जना रोजगारदाताहरुलाई पनि पक्राउ गरिएको छ ।महिनाको २-४ हजार डलरमा काम लगाउन पाइने भएर रोजगारदाताहरु अवैध कामदारतर्फ आकर्षित हुने गरेका छन् । तर यस्तो अपराध गरेको पाइएमा ३ लाख ५० हजार डलर जरीवाना र ३ सालसम्म जेल जानुपर्ने हुन्छ ।

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *