नातिनीलाई नाङ्गै भुतुङ्गै फेला पार्दा हजूरआमा आतंकित

grandma

मलमा खेल्न छोडेको आफ्नी ४ वर्षे नातिनीलाई नाङ्गै भुतुङ्गै फेला पार्दा ६४ वर्षे हजूरआमा आतंकित भएकी थिइन् ।
याउ तोङ सपिङ मल भित्र रहेको केटाकेटी खेल्ने मेज मा यहि अगस्ट ३१ तारीख साँझ ४ बजेतिर उनकी नातिनी तुङतुङ त्यहीँ भेटिएका एक बालकसँग हात समाउँदै खेल्न लागेकी थिइन् । केही समयपछि हजूर आमाले तुङतुङलाई भेट्दा उनी आफ्ना लुगाहरु हातमा बोकेर नाङ्गै उभिरहेकी थिइन् ।

हजूरआमाले तुरुन्तै तुङतुङकी आमालाई र प्रहरीलाई उजूरी दिएपछि प्रहरीले तत्काल अनुसन्धान डाक्टरी जाँचमा बालिकालाई शारिरिक नोक्सानी नभएको बताइएको छ ।
बालिकाका तुङतुङका अनुसार मिक्की माउसको टि सर्ट लाउने लगभग उनकै उमेरको बालकले उनलाई लुगा खोल्न लगाएका थिए, उक्त बालकले उनको पिँठ्यु र चाकमा छोएको उनले बताइन् ।

एकल महिलाको छोरा उक्त बालकले कसैको देखासिकी गरेको हुनुपर्छ बालकको हर्कत बारे समाज कल्याणका प्रतिनिधि फर्नान्डो अनुमान गर्दछन् । तुङतुङकी आमाले अरु अभिभावकहरुको सचेतनाको लागि पनि यो काण्डलाई उजागर गर्न चाहेकी हुन् । वकिलका अनुसार १० वर्ष मुनिका बालबालिकामा अपराधिक मनोवृति नरहने हङकङको कानुनको मान्यता छ , यो मान्यता सहि नभएको उनको तर्क छ ।

This entry was posted in News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *