नरदेन रुम्बाको वृत्तचित्र सँगै समीक्षा समाज समापन!

हिजो ५ अगष्ट आइतबार जोर्डन स्थित नयाँ पेजको कार्यलयमा समीक्षक समाज हङकङको अन्तिम कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा हिमालय टोन्स र M6 Films अन्तर्गत श्रीमती डोमा शेर्पा द्वारा निर्मित भास्कर प्रधानद्वारा निर्देशित कवि तथा गीतकार स्व. नरदेन रुम्बाको वृत्तचित्र “चट्याङ बाँचेको मान्छे” लोकार्पण गरिएको थियो ।

२०१४ मा स्थापना भएको “समीक्षक समाज” हङकङको संयोजकको भुमिका निभाउँदै आएका हेम लावतीले करीब ४ वर्षको अवधिमा समीक्षक समाजले गरेका उपलब्धि एवं कामहरुको चर्चा गर्दै , हालैमा सबै जना आ-आफै ब्यस्त रहेको र आगामी दिनमा भैपरी आउने कामको लागि साथ रहने भन्दै आज बाट समीक्षक समाज नरहेर विघटन भएको घोषणा गरे ।

यसैगरी गीतकार रबिन बान्तवा खाहोङ राईले इतिहासमा विलिन प्राय: भइसकेका एक अदभूत प्रतिभावान ब्यक्तित्व स्व. नरदेन रुम्बालाई आफूहरूद्वारा कसरी उत्खनन गरियो र “नरदेन रुम्बा स्मृति साँझ” हुँदै “चट्याङ बाँचेको मान्छे” वृत्तचित्र निर्माण बन्न पुग्यो भन्ने बारेमा स्पष्ट पारे । हिमालय टोन्सका संस्थापक संगीतकार दिनेश सुब्बाले स्व. नरदेन रुम्बा सँगको सहकार्य , तथा उनको योगदान आदिको चर्चा गरेका थिए ।

कार्यक्रममा कला ,संगीत तथा साहित्य प्रेमी हङकङका नेपालीको उपस्थिती रहेको थियो । लगभग १ घन्टाको डकुमेन्ट्री हेरिसकेपछि उपस्थितहरुद्वारा वृत्तचित्रको प्रशंसा गर्दै यस्तै चर्चामा नरहेका प्रतिभाहरुको इतिहास जगेर्ना गर्ने कामको अपेक्षा निर्माण पक्षसँग ब्यक्त गरिएको थियो ।

सहभागीहरु –

    संयोजक हेम लावती समीक्षा समाज विघटनको घोषणा गर्दै
This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *