धरान साँझ – डिसेम्बर २६ हङकङमा ..!

FB_IMG_1514037748592
धरान हङकङ मञ्चको आयोजनामा यही , २६ डिसेम्बर २०१७ बेलुकी ७ बजे, याउ मा तेई कम्युनिटी हल हङकङमा, नेपाल बाट आउने चर्चित कलाकारहरुको साथ सांगेतिक कार्यक्रम “धरान साँझ” हुने भएको छ ।
उक्त कार्यक्रममा , धरान बासी लोकप्रिय एवं चर्चित गायक गंगा बरदान, जैलोर्ज ब्यान्डका मनोज मोथेँ , उर्जा ब्यान्डका प्रशान्त शर्मा, नेपाली तारा ३ का सेकेन्ड रनरअप गायक सुरेश लामा, गायिका प्रश्ना शाक्य, नेपाल आइडल टप सेभेनकी गायिका प्रमिला राई तथा मिस पूर्वाञ्चल २०१७ को रुबी लिम्बूको उपस्थिति लगायत बेजोड प्रस्तुति रहने छ ।
“धरान साँझ” धरान हङकङ मञ्च द्वारा आयोजित यो प्रथम कार्यक्रम हो भने ,यस कार्यक्रमका सह- आयोजकको रुपमा , धरान युथ एसोसिएसन, धरान १७ समाज हङकङ, धरान चौकीबारी समाज हङकङ, धरान ८ समाज हङकङ, लगायत धरान फुटबल क्लव हङकङ रहेका छन् ..।

–  तपाईहरुको आफ्नै मन पर्ने कलाकारहरु हुनुहुन्छ होला …! हेर्न नछुटाउनुस् ….! मायाको चिनो दिन मन लागे, लिएर जानुस् .. ! सबै राम्रा छन् ..!  तर हत्तेरीको बेष्ट चैँ गायक गंगा बरदान पर्यो है .. ! अरुले मन नदुखाउनु होला ..!! 😉

 

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *