दिउँसै गोली प्रहार ४ घाइतेँ….

आज दिउँसो ३ बजे ताइ कु सिं स्टेशन नजिकैको क्वारी बे पार्कमा आज एक महिलाले गोली हानी एकै परिवारका ४ जना प्रौढ दाजुबहिनीहरुलाई घाइतेँ पारेकी छिन् । ४४ वर्षे आक्रमणकारी महिलाले घरायशी झगडाको निहुँमा छलफल गर्न बोलाई आफ्नै परिवारका काका -छ्यामाहरुलाई गोली हानेकी थिइन् ।

६० र ८० वर्ष बीचका ती प्रौढहरु मध्ये २ लाई टाउकोमा गंभीर चोट लागेको र दुई जनालाई
हात र काँधमा गोली लागेको बताइन्छ । गोली प्रहार गरेर अभियुक्त महिला ढुक्कसँग सिटि प्लाजा तर्फ गएको बताइन्छ ।

पुलिसले उनको साथबाट सेमी अटोमेटिक बरेटा हेन्डगन सहित ४० थान गोली बरामद गरेको बताएको छ ।

अंशबण्डाको निहुँमा घर झगडा हुनु त सामान्य नै हो तर यसरी हङकङ जस्तो ठाउँमा दिन दहाडै गोली चल्नुले यहाँको सुरक्षा ब्यवस्था प्रति गंभीर प्रश्न खडा गरेको छ ।

 

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *