तिनकाउ ब्रिजबाट २ आत्महत्या

ting_kau_bridge

हिंजो दिउँसो ३ बजे तिन सा वे बाट एयरपोर्ट जाने भनेर ट्याक्सी चढेका येङ थरका ५७ वर्षे ब्यक्तिले आफूलाई रिङगटा लागेर गाह्रो भएको भन्दै तिन काउ ब्रिजमा ट्याक्सरी रोक्न लगाए ।६७ वर्षे ट्याक्सी ड्राइभर चानले ट्याक्सी साइड लगाएपछि येङले आफ्नो आइ डी कार्ड चानलाई थमाएर आफ्नो परिवारलाई खबर गरिदिनू भन्दै पुलबाट हाम्फाले । हतप्रभ भएर ट्याक्सी ड्राइभरले पुलिसलाई खबर गरे । करीब ४ बजे येङलाई मृत अवस्थामा पानीबाट निकालियो । उनको आत्महत्याको कारण आर्थिक हुन सक्ने पुलिस प्रवक्ताको भनाइ छ ।

गत शुक्रबार अर्को यस्तै घटनामा एक बिमा एजेन्टले पनि यसै पुलबाट हाम्फालेका थिए, वैवाहिक सम्बन्धको समस्या झेलिरहेका उनले आफ्नी पत्नीलाई सुसाइड नोट व्हाट्स एप गरेका थिए ।

बिल्डिङबाट हाम्फालेर अरुको ज्यान पनि जोखिममा नपार्न हत्तेरी डट कम र यसका पाठकले गरेको अनुरोध सुनेर पो आत्महत्या गर्न चाहनेले पुल रोज्न थालेका हुन् कि? जे होस्, जति समस्या भए पनि आत्महत्या गर्नु जघन्य अपराध हो है , कसरी? थाह छैन, त्यसै भनेको सुनेको ।

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *