तालिमे नर्सको गल्तीले ज्यान गयो..

चुनमुन अस्पतालमा एक सिकारु नर्सले बिरामीको घाँटीमा जोडिएको पाइप (tracheal suction)
मिलाउने प्रयास गर्दा ६१ वर्षे बिरामीको ज्यान गएको छ । अगस्ट ४ तारीख भएको उक्त घटनाप्रति अस्पताल अधिकारीले आज क्षमा याचना गरेको छ ।

अस्पतालको रिपोर्ट अनुसार कृत्रिम श्वासप्रश्वासको लागि घाँटीमा चिरा पारी श्वास नलीमा जोडिएको पाइपले गर्दा आफूलाई असुविधा भएको भनी बिरामीले बताएपछि तालिमे नर्सले मिलाउने प्रयास गरेकी थिइन् । तर पाइप गलत ढंगले राखेपछि बिरामीको अवस्था खराब हुन पुग्यो । उनलाई तत्काल आइ सि यु मा लगिए पनि हृदयघातले उनको मृत्यु भयो । तालिमे नर्सले सुपरभाइजरको निगरानीमा मात्रै त्यसखाले काम गर्ने नियम भए पनि नियम उल्लंघन भएको अस्पताल प्रशासनले गल्ती स्वीकार गरेको छ । दोषी नर्सले जागीर छोडेको बताइन्छ ।

स्वस्थ्यकर्मीको काम अवश्य पनि चुनौतिपूर्ण र कठीन छ तर कहिलेकाहीँ नियम उल्लंघन गरिदिँदा अनाहकमा यसरी कसैको ज्यान पनि जान सक्छ त्यसैले त भनेको होला ‘कच्चा वैद्यकोमात्रा, यमपुरीको यात्रा’, हगि!

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *