ताइमोशानको झर्नाबाट खसेर मृत्यु..

tai shek stream

हिंजो बुधबार ताइ मो शान को झर्ना चढ्न खोज्दा १५ मिटर तल खसेर एक २० वर्षे युवतीको निधन भयो ।

२२ र ४२ वर्षे दुई पुरुष सहयात्री सँग बिहानै युन लोङको सेक कोङ भिलेजबाट यात्रा सुरु गरेर उनीहरु १ बजेतिर ताइमोशान कन्ट्री पार्कमा रहेको ताइ सेक झर्नामा पुगेका थिए ।

झर्नालाई उकालो चढेर छिचोल्न खोज्दा युवती १५ मिटर तल पानीमा खसेर घाइतेँ भएकी थइन् । उनलाई हेलिकप्टरमा चुनमुन अस्पताल लगियो जहाँ उनको निधन भयो ।

त्यही ठाउँमा गत जनवरीमा एक्लै हाइकिङमा गएका एक ३९ वर्षे पुरुष ४ दिनपछि मृत भेटिएका थिए ।

ज्यान स्वस्थ राख्न हाइकिङ जाने हो, तर थोरै असावधानीले ज्यानै जोखिममा पर्न सक्छ, सिउ सामा फाङ याउ!

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *