“तपाईंको बच्चा किन्डरगार्डेन पठाउने बेला पो भयो कि?”

IMG_5789

यदि तपाईंको वा कसै आफन्तको साना बालबच्चा  किन्डरगार्डेन जाने बेला भएको छ भने यो सूचना काम लाग्न सक्छ, कृपया सेर गरिदिनुहोला!

हङकङमा कम्तिमा २ वर्ष ८ महिना पुगेपछि बच्चा स्कूल जान थाल्छ । हरेक सेप्टेम्बरबाट शैक्षिक सत्र सुरु हुने भएकोले यदि तपाईंको बच्चा सन २०१५ को डिसेम्बर भन्दा अगाडि जन्मेको हो भने आउँदो सालको सेप्टेम्बर महिनादेखि किन्डरगार्डेन स्कूलमा जानेछ । त्यसको लागि तपाईंले तुरुन्तै केही कदम चाल्नुपर्नेछ ;

१. मनले खाएको किन्डरगार्डेन स्कूलबाट भर्ना फाराम लिएर भर्ने, (स्कूलले तपाईंलाई बच्चाको फोटो सहित ५ वटा हुलाक टिकट माग्नेछ, जुन तपाईंलाई चिठी पठाउन प्रयोग गरिन्छ) ।

२. साथ साथमा, EDB को रिजेस्ट्रेसन सर्टिफिकेट (Registration Certificate,RC)को लागि आवेदन दिनुपर्ने हुन्छ । तपाईंको बच्चाले हङकङमा सरकारले सुविधा दिएको किन्डरगार्डेनमा पढ्ने कानुनी योग्यता प्रमाण नै RC हो। यो फाराम नजिकैको किन्डरगार्डेन, हुलाक कार्यालय वा EDB बाट लिन सक्नुहुनेछ, अनलाइनमा यो लिंकबाट पनि डाउनलोड गर्न सक्नुहुनेछ ।

 

तलको चित्रमा गर्नुपर्ने कार्यहरुलाई चित्रको रुपमा प्रस्तुत गरिएको छ ।

Capture

 

This entry was posted in Hong Kong, News, Notice. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *