ड्रागन बोट प्रतियोगितामा नेपाली टोलीलाई सफलता…

हरेक साल हुने ड्रागन बोट फेस्टिभल प्रतियोगितामा यस साल नेपाली टोलीको प्रधानता रहेको जि क्लाड्स ड्रागन लाई सफलता मिलेको छ ।

प्राचीन चीनमा छु-युआन (Qu Yuan)नाम गरेका अत्यन्तै विद्वान कविले आफ्नो देशको दुर्दशा देख्न नसकी पानीमा हाम्फालेर आत्महत्या गरेको र उनलाई खोज्न गाउँलेहरुले प्रयास गरेको किंवदन्तीमा आधारित अंग्रेजीमा “ड्रागन बोट फेष्टिवल ” भनेर सबै समुदायले चिन्ने गरिएको चाड लाई “त्युन् उङ् चित्” भनिन्छ । चाइनिज पात्रो अनुसार यो चाइनीज वर्षको पाँचौ महिनाको पाँचौ दिनमा पर्दछ । र यस दिन चिन, हङ्गकङ्ग, मकाउ र ताइवानमा सार्वजनिक विदा दिइने गरिन्छ ।
यसै पर्वको अवसरमा स्ट्यान्ली लगायत हङकङका विभिन्न स्थानका समुद्री पानीमा वार्षिक डुंगा खियाउने प्रतियोगिता आयोजना गरिने परम्परा रहेको छ ।

यस चाड सम्बन्धी विस्तृमा यहाँ पढ्नुहोस्!

विगत केही साल देखि हङकङका नेपाली सुमदायले पनि यस प्रतिश्पर्धामा भाग लिँदै आएकोमा खुल्ला प्रतिश्पर्धा तर्फ जि क्लाड्स ड्रागनले सिल्भर कप तर्फ तेस्रो स्थान हासिल गरेको छ । नेपालीहरु द्वारा संचालित निर्माण कम्पनी जि क्लाड्सले प्रायोजन गरेर नेप्लिज ड्रागन्स टिमले गत साल भाग लिएकोमा यस साल भने जि क्लाड्स र नेप्लिज ड्रागन्स गरी २ टोलीमा नेपालीहरुको सहभागिता रहेको थियो ।

महिला, पुरुष, मिक्स , खुल्ला आदि समूहमा प्रतिश्पर्धामा कुल २७१ टिमले गोल्ड कप, सिल्भर कप, ब्रोन्ज कप र बाउल कपका लागि प्रतिस्पर्धा गरेका थिए। पहिलो रेसमा पहिलो र दोश्रो हुने गोल्डकप, तेस्रो चौथो र पाचौं स्थान लिने सिल्भर, छैटौं सातौं आठौं नवौं हुने ब्रोन्ज र बाँकी अन्तिम हुनेहरु बाउल कपका लागि छानिने गर्दछन्। रेस नम्बर २६ मा रहेको जि क्लाड्सले पहिलो चरणको श्पर्धामा १ मिनेट १५ सेकेन्ड २७ मिलि सेकेन्डमा निर्धारित २७० मिटरको दूरी तय गरेर तेस्रो भएको थियो । १० मिलिसेकेन्डको फरकले गर्दा गोल्ड कप फाइनल गुमाउनु परेको यस टोलीले सिल्भर कपमा १ मिनेट १८ सेकेन्ड २८ मिलिसेकेन्डमा पार गरेको थियो भने अर्को नेपाली टोली नेप्लिज ड्रागन्स टिमले सोही क्याटेगोरीमा १ मिनेट १८ सेकेन्ड ३८ मिलिसेकेन्डमा पार गरी चौथो स्थान प्राप्त गरेको थियो ।

 

१८ प्याड्लर, एक ड्रमर र एक स्टिरम्यान गरी कुल बीस जनाको एक टिम हुनेगर्छ। परम्परा एक ठाउँमा छ, स्वास्थ्य र मनोरञ्जन अर्को ठाउँमा, त्यस बाहेक टिम वर्क को अत्यन्तै महत्व रहने यस प्रतिश्पर्धामा टिममा रहेर काम गर्ने भावनाको विकास गर्ने हुनाले थुप्रै ब्यवसायिक कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई यस प्रतिश्पर्धामा सहभागी गराउने गरेका छन् ।

नेपालमा प्रशस्त डाँडाकाडा भएकोले ट्रेल रनिङमा नेपालीहरुको वर्चश्व रहने गरेको छ, भूपरिवेष्ठित मुलुक भए पनि जलक्रिडाका प्रतिश्पर्धामा सफलता पाउन थाल्नु भनेको उचित अवसर पाए हामी कोही भन्दा कम छैनौं भन्ने कुराको शुभ संकेत हो, हगि?

नेप्लीज् ड्रागन बोट टिमको युट्युब भिडियो यहाँ हेर्नुस्!

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *