टाइफुनको समाचार!

आज बिहान ११ बजे बाट हङकङको मौसम विभागले टाइफुन सिग्नल T1 को सूचना जारी गरेको छ । बिहान ११:२० बजे जारी गर्नुपर्ने T1 को सूचना प्राविधिक गडबडीको कारण  ९:२५ बजे जारी हुन गएकोमा विभागले क्षमा याचना गरेको छ ।

अहिले राति ९ बजेको अपडेट अनुसार टाइफुन १२ किलोमिटर प्रतिघन्टाको रफ्तारमा हङकङको दक्षिण पूर्व ग्वाङ्डोङतर्फ बढिरहेको छ । अहिले यो हङकङबाट ४१० किलोमिटर टाढा रहेको बताइन्छ ।

ग्वाङ्डोङ तर्फ बढिरहेको टाइफुनले स्पीड बढाउने वा घटाउने निश्चित नभएको र परिणाम अनुसार भोलि T3 सिग्नल जारी गर्न सकिने मौसम विभागले जनाएको छ ।

टाइफुन ८ आएर छुट्टी हुने संभावना न्युन रहे पनि टाइफुनले गर्दा यो हप्ताभरि पानी भने परिरहने बताइन्छ , त्यसैले छाता चाहिँ बोक्न नबिर्सौं , बरु कस्तो मनपर्छ तल भिडियोमा हेर्नुस् है!

 

 

 

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *