झोलामा के छ, के छ?

wan chai mtr

हिंजो राति ११ बजे वान्चाई देखि चाइवान जाने ट्रेन स्टेशनको प्लेटफार्ममा एक महिलाको ब्यागमा एकाएक आगलागी शुरु भयो । मोबाइल फोन रिचार्ज गर्ने ब्याट्री बैंकमा खराबी आई उनको ब्यागबाट धुँवा पुत्पुताउन थाले पछि उनले आतिएर झोलै प्लेटफार्ममा छोडेर भागिन् । एम टि आर का कर्मचारी दौडेर फायर एक्स्टिङ्गुसर लिएर आगो निभाउन पुगे, कर्मचारीले हडबडाहटमा खुट्टाले हानेर पनि आगो निभाए । घटनास्थलमा पुगेका फायरम्यानले जलेको ब्यागलाई अनुसन्धानको लागि लगेका छन् ।

यसरी ब्याट्री बैंकले आतंक फैलाएको यो पहिलो पटक होइन, केही समय अगाडि पनि एम टि आर भित्र यात्रा गर्ने क्रममा एक युवकको बैट्री बैंक पड्केर आतंक फैलिएको थियो । कतै तपाईंले पनि  ब्याट्री बैंक भनेर ब्याट्री बम  त बोकिरहनु भएको छैन?  जति सुविधा खोज्यो उति समस्या बढ्ने,  हत्तेरी!

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *