जोर्डन गोली काण्डमा संग्लग्न थप ३ जना पक्राउ

88ea80e8-8a3d-11e6-afd1-1c0f6e75ba2c_1280x720
आइतबार जोर्डन गोली काण्डमा आक्रमणकारी समूहमा संग्लग्न भएको भनी पुलिसले थप ३ जना नेपाली युवकलाई पक्राउ गरेको छ ।

अवैध रुपमा हातहतियार राखेको यसै सालको सुरुवातको पुरानो मुद्दामा हाजिरी दिन पुलिस स्टेसन पुगेका उनीहरूलाई पुलिसले पहिल्यै पहिचान गरिसकेको बताइन्छ । ती ३ जना १८ देखि २९ वर्षका रहेको बताइन्छ । हालसम्म पक्राउ पर्नेको संख्या ५ पुगेको छ भने अझै २ जनाको खोजी भैरहेको बताइएको छ।उनीहरू संगठित अपराध समूहको सदस्य भए नभएको बारे पुलिसले केही जनाएको छैन ।

पक्राउ पछि उनीहरूको घरमा तलाशी लिई घटनासँग सम्बन्धित सबूत प्रमाण बरामद गरेको प्रहरीको भनाइँ छ।

घटनामा गोली खाएका दुई मध्ये ३ गोली लागेका अभियुक्तको स्वास्थ्य स्थिति गंभीर भएको समाचार छ । हातमा गोली लागेका युवकको भने स्वास्थ्यमा क्रमिक सुधार भएको बताइन्छ ।

source:scmp

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *